कार्यालय सहयोगी
नेपाल राष्ट्र बैंक
पदको बारेमा
न्यूनतम शैक्षिक योग्यता: आठ कक्षा उत्तीर्ण। अनुभव: नेपाल सरकारका निकाय वा नेपाल राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थाबाट कार्यालय सहयोगी पदमा काम गरी निवृत्तिभरण प्राप्त गर्ने गरी सेवाबाट अवकाश पाएको। इच्छुक योग्य नेपाली नागरिकहरुबाट मिति २०८३/०५/०९ गतेदेखि मिति २०८३/०५/२३ गतेसम्म अनलाइन दरखास्त आह्वान गरिएको छ । दरखास्त साथ आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र लगायतका अन्य आवश्यक सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ । दरखास्त दस्तुर भुक्तानी नभएका वा म्याद नाघी प्राप्त हुन आएका वा रीत नपुगी पेश हुन आएका दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण पेश गरी दरखास्त फाराम भरेको पाइएमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ । शर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिने छैन । दरखास्त दिने अन्तिम मितिमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ । अनलाईन दरखास्त यस बैंकको website: www.nrb.org.np मा Career भित्र राखिएको Online Portal for Contract Application बाट पेश गर्न सकिनेछ । परीक्षा दस्तुर रु.८००।- (रीत नपुगेको कारणले आवेदन फाराम अस्वीकृत हुने आवेदकहरुको परीक्षा दस्तुर फिर्ता हुने छैन ।) Source notice: https://www.nrb.org.np/hrm/%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%a4%e0%a5%8d-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87/