केन्द्र सञ्चालक (खुल्ला)
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
भूमिका के बारे में
श्रेणी: सहायक। आवश्यक पद संख्या: केहि। न्यूनतम योग्यता: फारम भर्ने अन्तिम मितिमा १८ वर्ष पुराभई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको)। मान्यता प्राप्त शैक्षिक संस्थाबाट एस. एल. सी/एस. इ. इ. वा सो सरह उत्तीर्ण गरेको। कम्प्युटर सम्बन्धी ज्ञान भएको र मोटर साइकल/स्कुटर चलाउन सक्नेलाई सर्ट लिष्टमा ग्राह्यता दिइने छ। परीक्षाको किसिम: लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता। (संस्थामा कार्यरत कर्मचारीलाई फिल्ड अवधारणा परीक्षा आवश्यक पर्ने छैन। निजहरुको हकमा कार्य सम्पादनको आधारमा यो अंक दिइने छ।) कार्य गर्नुपर्ने स्थान: संस्थाले तोकेको नेपाल राज्य भरिका यस संस्थाका शाखा कार्यालयहरु। सेवा सर्त: ६ महिनाको तालिम अवधि र ६ महिना परिक्षणकाल पश्चात स्थायी हुने। तलव सुविधा: संस्थाको नियमानुसार। पूर्वसेवाकालिन तालिम अवधिमा संस्थाले तोकेको तालिम भत्ता बाहेक अन्य कुनै सुविधा पाइने छैन। विशेष ग्राह्यता: यस संस्थामा करार सेवामा कार्य गरेका कर्मचारीलाई निजहरुले गरेको कार्य सम्पादनको आधारमा विशेष ग्राह्यता दिइने छ। दरखास्त दिने प्रकृया: संस्थाको Website: www.nirdhan.com.np बाट Career मा गई Vacancy for kendra Sanchalak मा Click गरी सिष्टमले तोकेको प्रक्रिया पुरागरी अनलाइन मार्फत फारम भर्नु पर्नेछ। अनलाइन फारम साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, यस संस्थामा सेवा गर्न इच्छुक हुनाको बारेमा १ पेजको हस्त लिखित आलेख सहितको निबेदन अपलोड गर्नु पर्नेछ। आवेदन दस्तुर: आवेदन दस्तुर वापत रु. १००।०० E Sewa मार्फत सिष्टममा तोकिएको QR मार्फत भुक्तानी गरी जम्मा गरेको स्लीप अपलोड गर्नु पर्नेछ। छोटो सूची प्रकाशन गरिने छोटो सूची दरखास्त दिने अन्तिम मितिको ३० दिनभित्र संस्थाको Website: www.nirdhan.com.np मा प्रकाशित गरिने छ। छोटो सुचीमा नाम रहेका आवेदकहरुले संस्थाको Website: www.nirdhan.com.np मा गई Career मा Login गरी परीक्षा दस्तुर बापत रु. ४००।०० E Sewa मार्फत सिष्टममा तोकिएको QR मार्फत भुक्तानी गरी जम्मा गरेको स्लीप अपलोड गरेपछि प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गरी लिन सकिने छ। छोटो सूची प्रकाशन गरेको दिन परीक्षाको मिति, समय, स्थान र पाठ्यक्रम संस्थाको Website: www.nirdhan.com.np/career राखिने छ। कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ। Source notice: https://www.nirdhan.com.np/wp-content/uploads/2016/08/केन्द्र-संचालक-पदको-लागि-2083-03-23-को-दरखास्त-आव्हान-सूचना.pdf