कार्यकारी निर्देशक
नागरिक लगानी कोष
भूमिका के बारे में
योग्यता तथा अनुभव: नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२(१) बमोजिम योग्यता तथा अनुभव भएको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ। दरखास्त पेस गर्ने प्रक्रिया: अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा प्रकाशित नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ बमोजिम स्वयं घोषणा निवेदन स्वयंले प्रमाणित गरी पेस गर्नुपर्नेछ। शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा उक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्नुपर्नेछ। खामबन्दी प्रस्तावको खामवाहिर "नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" उल्लेख गरेको हुनुपर्नेछ। दस्तुर: रु. ५,०००।- (पाँच हजार मात्र) अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५२०१, राजस्व खाताः १००१००२०००१०००० तथा राजस्व शीर्षकः १४२२४ मा जम्मा हुने गरी राष्ट्रिय बाणिज्य बैंक, सिंहदरबार शाखामा बुझाएको सक्कलै भौचर पेस गर्नुपर्नेछ। छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण समेत गर्नुपर्नेछ। कार्यकारी निर्देशकलाई करारमा उल्लेख भएबमोजिमका सर्तहरूका आधारमा मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। Source notice: https://www.nlk.org.np/media/नागरिक-लगानी-कोष-सूचना_FU9KkDEpfS.pdf