Clinical Fellowship in Oncological Radio Diagnosis
B.P. Koirala Memorial Cancer Hospital
भूमिका के बारे में
शैक्षिक वर्ष ०८३/०८४ (2026) को लागि नेपाल मेडिकल काउन्सिलबाट स्विकृती प्राप्त Clinical Fellowship कार्यक्रमको छैठौं व्याचमा भर्नाका लागि सूचना। सम्बन्धित विषयमा स्नातकोत्तर (MD/MS) वा सो सरह उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ दर्ता प्रमाणपत्र प्राप्त गरि कम्तिमा १ (एक) वर्षको कार्य अनुभव भएका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। आवेदन फाराम अस्पतालको वेबसाइट www.bpkmch.gov.np बाट download गरि [email protected] मा स्क्यान गरिएका कागजात सहित पठाउनु पर्नेछ वा अस्पताल प्रशासनमा कार्यालय समय भित्र दर्ता गराउनु पर्नेछ। आवेदन शुल्क रू. २०००/- कृषि विकास बैंकमा रहेको अस्पतालको खाता नं. ०५०८६०११७३४७२०१२ मा जम्मा गरि भौचर संलग्न गर्नु पर्नेछ। Fellowship को अवधि १ (एक) वर्षको हुनेछ। सेवा गरे वापत नेपाल सरकारको नवौं तहको सुरू तलव मान बमोजिमको रकम निर्वाह भत्ता प्रति महिना प्रदान गरिनेछ। Source notice: https://giwmscdnone.gov.np/media/pdf_upload/fellowship%20second%20notice_cpv8vw5.pdf