सवारी चालक (हलुका)
नेपाल राष्ट्र बैंक
About the role
न्यूनतम शैक्षिक योग्यता: आठ कक्षा उत्तीर्ण। अनुभव: नेपाल सरकारका निकाय वा नेपाल राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा वा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाबमोजिम अधिकृत विशिष्ट श्रेणी वा सो भन्दा माथिका पदाधिकारी वा पूर्व गभर्नरको निजी चालक भई ७ बर्ष कार्य अनुभव प्राप्त गरेको र नेपाल सरकारको सम्बन्धित निकायबाट कार, जिप र डेलिभरी भ्यानको सवारी चालक अनुमति पत्र प्राप्त गरी नवीकरण भएको अवस्थामा रहेको । इच्छुक योग्य नेपाली नागरिकहरुबाट मिति २०८३/०५/०९ गतेदेखि मिति २०८३/०५/२३ गतेसम्म अनलाइन दरखास्त आह्वान गरिएको छ । दरखास्त साथ आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव खुल्ने प्रमाणपत्र लगायतका अन्य आवश्यक सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न गर्नुपर्नेछ । दरखास्त दस्तुर भुक्तानी नभएका वा म्याद नाघी प्राप्त हुन आएका वा रीत नपुगी पेश हुन आएका दरखास्त उपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण पेश गरी दरखास्त फाराम भरेको पाइएमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ । शर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिने छैन । दरखास्त दिने अन्तिम मितिमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ । अनलाईन दरखास्त यस बैंकको website: www.nrb.org.np मा Career भित्र राखिएको Online Portal for Contract Application बाट पेश गर्न सकिनेछ । परीक्षा दस्तुर रु.८००।- (रीत नपुगेको कारणले आवेदन फाराम अस्वीकृत हुने आवेदकहरुको परीक्षा दस्तुर फिर्ता हुने छैन ।) Source notice: https://www.nrb.org.np/hrm/%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%ab%e0%a4%a4%e0%a5%8d-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%bf-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87/