Advertisement
Sign up
← Back to jobs

सहायक

नेपाल राष्ट्र बैंक

नेपालFull timeApply by Dec 3, 2026

About the role

शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण । साथै, लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको सङ्गठित संस्थाहरूको अप्राविधिक तर्फका सहायक स्तर प्रथम श्रेणी वा पाँचौ तह वा सो सरह वा सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको पूर्वयोग्यता परीक्षामा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेका उम्मेदवार मात्र प्रमाणपत्र जारी गरेको मितिले एक वर्षभित्र प्रशासन सेवातर्फको सहायक (सहायक द्वितीय श्रेणी) पदमा दरखास्त पेस गर्न सम्भाव्य उम्मेदवार हुने भएकोले दरखास्त साथ म्याद कायम रहेको प्रमाणपत्र पेस गर्नुपर्नेछ । उमेर: दरखास्त दिने अन्तिम मिति (२०८३ मङ्सिर १७) मा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको । दरखास्त प्रक्रिया: विद्युतीय माध्यममार्फत नेपाल राष्ट्र बैंकको वेबसाईट www.nrb.org.np को CAREER मा Online Portal for Open Competition वा https://jobs.nrb.org.np/ बाट पेस गर्नुपर्नेछ । समावेशी समूहका उम्मेदवारले सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र पेस गर्नुपर्नेछ । परीक्षाको किसिम: लिखित परीक्षा र अन्तर्वार्ता । पदस्थापन: नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयमा । तलब तथा सुविधा: नेपाल राष्ट्र बैंकको नियमानुसार हुनेछ । Source notice: https://www.nrb.org.np/hrm/%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%95-%e0%a4%aa%e0%a4%b0-8/

Required skills

प्रशासनिक कार्य
कार्यालय व्यवस्थापन
Advertisement