Advertisement
Sign up
← Back to jobs

एनेस्थेसिया टेक्निसियन

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल

भरतपुर, चितवनContractApply by Nov 25, 2026

About the role

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट एनेस्थेसिया टेक्नोलोजी विषयमा प्रमाणपत्र तह उत्तीर्ण । उमेर: १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको । नेपाली नागरिक हुनुपर्ने । भविष्यमा सरकारी वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको । नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको । दरखास्त फाराम अस्पतालको वेबसाइट www.bpkmch.org.np बाट डाउनलोड गरी A4 साइजको फोटोकपी पेपरमा प्रिन्ट/फोटोकपी गर्न सकिनेछ। दरखास्त फारामहरू बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनको कार्यालयमा बुझाउनुपर्ने छ। परीक्षा दस्तुर रु. ४००।– कृषि विकास बैंक लिमिटेडमा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनको नाममा रहेको खाता नं. ०५०८६०११७३४७२०१२ मा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्नेछ। संलग्न गर्नुपर्ने कागजातहरू: हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, चारित्रिक प्रमाणपत्र वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक (स्वास्थ्य) सेवा अन्तर्गतका पदका लागि सम्बन्धित व्यावसायिक परिषद् (Council) मा दर्ता भएको प्रमाणपत्र। Source notice: https://giwmscdnone.gov.np/media/pdf_upload/advertisement%20of%20doctor_vzi8hs0.pdf

Required skills

एनेस्थेसिया टेक्नोलोजी
एलाइड हेल्थ
Advertisement