बर्ष १ २०८३ मंसिर अङ्क ३
Teacher Service Commission
About the role
शिक्षक सेवा आयोगवाट सञ्चालन हुने बिभिन्न तह र श्रेणीका खुला प्रतियोगितात्मक परीक्षा, आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत बढुवा) र अध्यापन अनुमतिपत्र परीक्षाका प्रश्नपत्र निर्माण, परिमार्जन तथा उत्तरपुस्तिका परीक्षण गर्ने प्रयोजनका लागि विज्ञ सूची अद्यावधिक गर्नु पर्ने भएकोले तपसिल बमोजिमको योग्यता भएका महानुभावहरूले मिति २०८३/०८/२९ गतेभित्र आयोगको इमेल ठेगाना [email protected] मा वा सोझै शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरमा यसैसाथ संलग्न फाराम भरी आफ्नो विवरण पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। विज्ञहरूको वाञ्छनीय योग्यता: क. नेपाली नागरिक, ख. शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको, ग. माध्यमिक तहको स्थायी शिक्षक र निजामति सेवा वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तिमा २ वर्ष सेवा अवधि पूरा गरेको, घ. विश्वविद्यालय सेवामा कम्तिमा उपप्राध्यापक पदमा स्थायी नियुक्ति भई २ वर्ष सेवा अवधि पूरा गरेको, ङ. कम्तिमा शिक्षा विषयमा स्नातक तह उत्तिर्ण वा माध्यमिक तहको १० महिने शिक्षा सम्बन्धी तालिम पूरा गरेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको, च. बुँदा नम्बर ग र घ मा उल्लेखित कुनै निकायमा नियुक्ति लिई अवकाश प्राप्त व्यक्तिहरू । विज्ञसूची अद्यावधिक गर्ने प्रयोजनका लागि विवरण पेश गर्दा यसैसाथ संलग्न फारामसहित तोकिएको योग्यता बमोजिमका कागजातहरूको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्नेछ । Official advertisement (PDF): https://giwmscdnone.gov.np/media/pdf_upload/Bulletin%203%20Final_716ed9h.pdf